अनित थापाले आजदेखि सम्हाले जीटीए मुख्य कार्यपालको दायित्व

दार्जिलिङ: आजदेखि अनित थापाले दार्जिलिङको लाल कोठीमा पुगेर जीटीए सभाको मुख्य कार्यपालको दायित्व सम्हाले। शुरूवातमा सञ्चबीर सुब्बालाई डेप्युटी कार्यपाल नियुक्त गरिएको छ। यस अवसरमा अनित थापाले भने, हामी अहिले पनि भन्छौ यो कुर्सी हामीलाई जनताले पहाडमा केही हुन्छ कि भनेर दिएको हो। अडिट बिना सरकारको कार्य चल्दैन। जीटीए-मा वर्षेनी अडिट हुनेछ। जिल्लापालले भन्नु भएको अडिटको पनि हामी स्वागत गर्छौ। गत 2017 देखि सुरु भएको यात्रा टुङ्गिएको छैन। सकारात्मक राजनीति अनि सोचमा नै हामी अघि बढ्नेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *