अनित थापाले बाढ पीडितहरूलाई साँच्चै माया गर्छन् भने फतुवा होइन, जीटीए-को आपतकालिन बैठक बोलाओस् : अजय एडवाडर्स

दार्जिलिङ (निसं) : जीटीए प्रमुख कार्यपाल अनित थापाले बाढ पीडित टिस्टावासीलाई साँच्चै नै मनदेखि माया गरेका छन् भने फतुवा होइन, तिनले जीटीए सभाको आपतकालिन बैठक बोलाउनु पर्नु मनतब्य हाम्रो पार्टीका अध्यक्ष तथा निर्वाचित सभासद अजय एडवाडर्सले पोखेका छन्। बादल फाटेर उत्तर सिक्किममा ड्याम भत्किएपछि टिस्टा नदीको जलस्तर बढेर सिक्किम लगायत यता जीटीए क्षेत्रका कतिपय ठाउँहरूमा टिस्टा नदीको बाढले घरहरू लगायत वाहन तथा अन्य सामानहरू बगाएर लगेपछि व्यापक जन-धनको क्षयक्षति पुऱ्याएको छ। घरहरू बगाएर लगेपछि धेरै परिवारका सदस्यहरू हाल अस्थायी राहत शुविरमा आश्रय लिएर बसेका छन्। ती बाढ पिडितहरूलाई हाल विभिन्न संघ-संस्थाहरूले आ-आफ्नो प्रकारले सहयोग पुऱ्याउने कार्यहरू गरिरहेको छ भनि सभासद एडवाडर्सले बताए। यस्तो स्थितिमा गत केही दिन अघि आफुहरूले ती बाढ पिडितहरूको अवस्थालाई ध्यानमा राखेर जीटीए सभाको आपतकालिन बैठक डाक्ने अनुरोध गरेका थियौ तर अनित थापाले आफुहरूको सुझाउलाई सुने जस्तो गरेर राजनैतिक सर्वदलीय बैठक बोलाएको तिनले बताए। एडवार्डसले यसबारे भने, राजनैतिक सर्वदलीय बैठक त कुनै पनि राजनैतिक पार्टीले डाक्न सक्छ तर प्राकृतिक आपदामा फँसेकाहरूलाई राजनैतिक पार्टीको बैठकले होइन, क्षेत्रिय सरकारले डाक्नु पर्छ अनि त्यसैकारण हामीले जीटीए सभाको आपतकालिन बैठक डाक्ने अनुरोध गरेका थियौ। जीटीए चिफको चैकीमा अनित थापा दाजु हुनु हुन्छ तर उनी आफ्नो कार्यदेखि भाग्दैछन्। बाढ पिडितहरूलाई सबैले सहयोग पुऱ्याउँदै आई रहेको छ तर शिविरहरूमा खाना पकाउने ग्यासहको अभाव देखा पर्दैछ अनि हामीले ती क्याम्पहरूमा ग्यासको ब्यवस्था गर्ने कामहरू गर्दैछौं। जीटीए चिफ अनित दाजुले कोलकताबाट आएपछि हामीलाई काउन्टर गर्न मात्र सर-समाग्रीहरू उठाउने कार्य बन्द गर्ने फतुवा जारी गरेका थिए किनभने तिनको दिमागमा केवल राजनीति मात्र खेल्छ। बाढ पिडितहरूका निम्ति हामी ज्यान दिन्छौ तर हामी देखावटी राजनीति गर्न जान्दैनौ भनी एडवाडर्सले बताए। राज्य सरकारले बाढ पिडितहरूको निम्ति कति फन्ड दियो अनि केन्द्र सरकारले दिएको छैन भने त्यसबारे के गर्नु सकिन्छ ती विषयमाथि काम गर्नपर्छ भन्ने सुझाउहरू दिएका थियौ तर अनित थापाले यसबारे चाँसो नै नदेखाएको एडवर्डसले बताएका छन्। अनित दाजु कोलकताबाट आउन साथ बाढ पिडितहरूको समस्यालाई समाधान गर्न जीटीए समक्ष रहेको बताएका थिए तर गत केही दिन अघि भागोप्रमो-ले डाकेको सर्वदलीय बैठकमा पार्टीका महासचिव अमर लामाले राज्य सरकारले केवल 25 करोड रूपियाँ दिएको तर केन्द्र सरकारले एक कन्ची समेत नदिएको विषय उपस्थित अल पार्टीका नेतृत्वहरूलाई बताएका थिए। आज जीटीए चीफ अनित थापाले जीटीएको 45 वटा समष्टिहरूले एक-एकवटा घर निर्माण गरिदिनु पर्छ भन्ने जस्ता सुझाउहरू राखेका छन्। विपक्षी सभासदहरू 9 जना छौ, हामी 9 वटा घर अवश्यै निर्माण गरिदिन्छौ तर यो अपिल टिस्टाको बगरबाट गर्ने अपिल होइन, जीटीए सभाको आपतकालिन बैठक डाक्नु होस् अनि यो प्रस्ताव बैठकको टेबलमा राख्नु होस। हामी घर निर्माण गर्न तयार छौ साथै बैठकको टेबलमा राज्य सरकारले दिएको 25 करोड रूपियाँ के गर्छौ त्यो पनि सार्वजनिक गरिदेऊ भन्ने सभासद एडवाडर्सले बताएका छन्। टिस्टाको बगरमा गम्बुट लगाए हिडनु भन्दा समस्याको समाधान गर्न यहाँ आउनु होस् भन्ने अध्यक्ष एडवाडर्सले अनित थापालाई आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *