अनित थापाले भोलि पानीघट्टामा सडक निर्माण कार्यको शिलान्यास गर्ने

मिरिक : पानीघट्टाको 4 नम्बर गेटदेखि रंगमोहन बस्तीसम्म जाने पक्की सडक निर्माण कार्यको शिलान्यास गर्न भोलि बिहिबार जीटीए चेयरम्यान अनित थापा पानीघट्टा आउने भएका छन्। तिनीसित जीटीए प्रिन्सिपल सेक्रेटेरी, दार्जिलिङ जिल्ला अधिकारी आदिको पनि उपस्थिति रहने भएको छ। प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत सडकमार्ग निर्माणको भोलि शिलान्यास गरिने गोजमुमो तराई नेता सीके शर्माले जनाएका छन्। चेयरम्यान थापाको स्वागत गर्न एउटा स्वागत कमिटी गठन गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *