अनित थापाले विभिन्न गुम्बामा गएर गरे पुजा-अर्चना

खरसाङ : आज बुद्ध जयन्तीको अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले सबैलाई शुभकामना दिएका छन्। तिनी आज खरसाङ क्षेत्रका विभिन्न गुम्बाहरूमा आयोजित बुद्ध जयन्ती समारोहमा आफ्नो सहभागिता दिन पुगेका थिए। यस अवधि तिनले सम्पूर्ण देशवासीप्रति शुभकामना दिँदै भगवान बुद्धको मार्ग दर्शनमा सबैलाई हिँड़ने तथा सबैले शान्ति अनि सम्वृद्धिको दिशामा अघि बढ़ने आग्रह गरे। थापाले आफ्नो भ्रमण आज खरसाङको लङ्गभ्यूदेखि शुरू गरेर खरसाङ क्षेत्रका विभिन्न गुम्बामा गएर पुजा-अर्चना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *