अनित थापाले गरे बालासनको क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण

सोनादा : जीटीए चेयरम्यान अनित थापाले आज सोनादादेखि केहीमुनि बालासन क्षेत्रको परिभ्रमण गरे। तिनले बालासन क्षेत्रमा रहेका विभिन्न क्वारेनटाइन सेन्टरहरूका पनि निरीक्षण गरी बाहिरबाट आएर बसेकाहरूलाई राहत सामग्रीहरू  पनि वितरण गरे। यस अवसरमा जीटीए-को तर्फबाट खाद्य सामाग्रीहरू लगायत माक्सहरू, अनुहारको सुरक्षा कवज, सेनिटाइजरहरू पनि वितरण गरे। बालासन क्षेत्रका निरीक्षण गरेपछि पत्रकारहरूसित बोल्दै जीटीए चेयरम्यान अनित थापाले अहिले विभिन्न राज्यहरूबाट मानिसहरू आईरहेका छन् र यहाँ प्रत्येक समाजले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै क्वारेनटाइन सेन्टरहरू बनाएर आउनेहरूलाई त्यहाँ राखेका छन्। उक्त क्वारेनटाइन सेन्टरतिर आफू निरीक्षण गर्दै आएको अनि क-कसलाई के-कस्तो आवश्यकता छ त्यो अनुसार सहयोग गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *