अनित थापाले गरे खरसाङ 3 नम्बर गाउँमा सावर्जनिक भवनको उद्घाटन

खरसाङ : जीटीए अध्यक्ष अनित थापाको बाहुलीबाट आज खरसाङको 3 नम्बर गाउँमा सार्वजनिक भवनको उद्घाटन गरियो। यस अवसरमा तिनले पहिला  आफू उक्त ठाउँमा पुग्दा त्यहाँका मानिसहरू आत्तिने गर्थे भने तिनीहरूलाई देखेर आफू स्वयम् पनि आत्तिने गर्थे भनी बताए। तिनले अझ भने, त्यस समय हामी एक थिएनौं। यसैले गर्दा आत्तिने गर्दथ्यौँ। आज हामी नयाँ सोँच अनि नयाँ विचारको मञ्चको कारण एक भएका छौँ। आजको यो दिनलाई तिनले मेलमिलापको दिन भन्दै अब 3 नम्बर गाउँको सुनाम हुनुपर्छ भनी बताए।


 


यस सार्वजनिक भवन निर्माणको निम्ति यहाँका बासिन्दाले एउटा टिम भएर काम गरेका छन्। अब यहीँ टीमले भविष्यमा पनि यस्तै विकाशमूलक काम गर्नुपर्छ भनी तिनले बताए। अब हामीले मानिसलाई मायाले जित्नुपर्छ। गाउँमा यदि एकतामा छ भने कुनै शक्तिले पनि एकतामा रहेको गाउँलाई बिगार्नु सक्दैन। यसरी नै हाम्रो सम्पूर्ण पहाडको एकता बढ्दै जाओस् भन्ने तिनले कामना पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *