अनित थापाले गरे खरसाङको मन्टिभियटमा जिमको उद्घाटन

खरसाङ: खरसाङको मन्टिभियटमा जीटीए चेयरम्यान अनित थापाले आज जिमको उद्घाटन गरे। खरसाङको मन्टिभियट देउराली स्पोर्टिङ क्लबका युवाहरूलाई प्रोत्साहन दिनलाई उक्त जिमको उद्घाटन गरेको बताइएको छ।


उदघाटनपछि जीटीए चेयरम्यान अनित थापाले हामीले आफ्नो ठाउँको सुनामको लागि कार्य गर्नुपर्छ र यसको लागि युवाहरूको आवश्यकता पर्ने भएकोले सबै युवाहरूले मिलेर कार्य गर्नुपर्छ भनी बताए। यसको साथै तिनले यो जीम पनि युवाहरूको लागि असल पहल हो भन्दै हामी सबैले आफ्नो क्षेत्र खरसाङलाई राम्रो बनाएर लैजानुपर्छ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *