अनित थापाले गरे सार्वजनिक भवनको उद्घाटन

खरसाङ : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधिनस्थ रहेको पहाड, तराई तथा समतल क्षेत्रहरूमा हाल क्षेत्रवासीको प्रमुख समस्याहरूलाई प्राथमिकता दिएर त्यसको समाधान गर्न लागी परेको देखिन्। यसैक्रममा आज दिर्घ दिनदेखि क्षेत्रवासीको माग रहेको खरसाङ नजिक चुनाभट्टि अवस्थित सार्वजनिक भवनको जीटीए अध्यक्ष अनित थापाले विधिवत् रूपमा उद्घाटन गरे।


यस सार्वजनिक भवन निर्माणले यहाँका मानिसहरूमा हर्षको लहर छाएको छ भने सम्पूर्ण जनताको तर्फबाट जीटीए अध्यक्षसहित विभागीय सबै अधिकारीहरूलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.