अनित थापाले पोख्रेबुङ चामोङ समष्टिको पैह्रो प्रभावित क्षेत्रको गरे परिभ्रमण तथा पीडितहरूसित भेटघाट

पोख्रेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले पोख्रेबुङ चामोङ समष्टिको भ्रमण गरेर विगत महिना परेको अविरल बर्षाले क्षतिग्रस्त बनाएको बाटो साथै घरहरुको निरीक्षण गरे । पोखरियाबोङ बजारदेखि बस्तीसम्म पुग्ने मुल सड़क विगत महिनाको अविरल बर्षाको कारण चुँडिएर गएको छ भने यसले गर्दा आम जनतालाई यातायात गर्न धेरै असुविधा परिहेको छ। समष्टि भ्रमणको‌ अर्को चरणमा अध्यक्ष अनित थापा समरिक बीच गाउँ पनि पुगे। त्यहाँ पनि तिनले क्षतिग्रस्त घरहरुको निरीक्षण गर्नको साथै पहिरो पीडित परिवारसँग‌ भेटघाट गरे। यस भ्रमण कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक महासचिव अमर लामा, केन्द्रीय समिति सदस्य क्रमैले त्रिलोक चन्द्र ‌रोका‌, ज्योति कुमार राई, सीडी बान्तवा, समष्टि अध्यक्ष नोवल बम्जन ‌लगायत पार्टी कार्यकर्ताहरुको‌ विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *