अनित थापाले सोनादाको रङ्गमुक सिडर्स मुण्डा समष्टिको गरे परिभ्रमण

सोनादा: जीटीए चेयरम्यान अनित थापाले सोनादाको रङ्गमुक सिडर्स मुण्डा समष्टिको आज परिभ्रमण गर्दै यहाँका जनतासित भेट गरेर तिनीहरूको विविध समस्याहरू सुने। प्रथमतः अप्पर सिडर्स शाखामा दीप प्रज्वलन गरेपछि एक मिनटको मौन धारण गरे। यसपछि यहाँका बिरामीहरू एवम् बुढापाकाहरूसित भेटेर तिनले आर्शिवाद लिनको साथै युवाहरूलाई प्रेरणा र कार्यहरू गर्नु तर्फ प्रोत्साहन गरे। त्यसपछि रङ्मुक प्रस्थान गरेर त्यहाँको मेरी हेल्प अफ् क्रिश्चियन चर्चमा गएर प्रार्थना गरे। रङ्गमुक भ्रमण अवधि रङ्मुक बगल धुरामा अनित थापाले स्थानीय मानिसहरूको विभिन्न समस्याहरू पनि सुने।


उक्त भ्रमण कार्यक्रममा बीओए मेम्बर खरसाङ महकुमा समितिका अनुज थापा लगायत पार्टीको महकुमा सदस्य एवं सोनादा पच्याङ सभापति महेन्द्र प्रधान, रङ्गमुक सिडर्स मुण्डा समष्टी सभापति प्रमेश राई, समष्टी सचिव सीके बयलकोठी, समष्टी युवा मोर्चा संयोजक पवन बान्तवा, लोवर सिडर्स 24/18 बुथका सभापति उमेश राई, देवचन्द्र मोथे, अरुण राई, सुनिल राई, अनुराग राई, रमल राई, तुफान राई, सेवन राई आनन्द राई, मुण्डा बाँसघारी युवा मोर्चा समष्टिका शेखर राई, निशुल चाम्लिङ, अभिश राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *