अनित थापा रेलिङ कैजले समष्टिको भ्रमणमा

रेलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले हिजोदेखि जीटीए क्षेत्रका 42 वटै समष्टिहरूको परिभ्रमण शुरू गरेका छन्। हिजो पहिलो दिन रिम्बिक लोधोमा समष्टिको विभिन्न क्षेत्रहरूमा पुगेर त्यहाँका पार्टी समर्थकहरूसित भेटघाट गरे भने आज दोस्रो दिन पार्टी अध्यक्ष अनित थापा रेलिङ पुगे। रेलिङ कैजले समष्टिका पार्टी समर्थकहरूले तिनलाई खदा माला लगाई दिएर भव्य स्वागत जनाए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जनसम्पर्क अभियान अन्तर्गत आज दोस्रो दिन अनित थापाले रेलिङ कैजले समष्टिका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँका मानिसहरूसित भेटघाट गर्ने कार्यक्रम रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *