अनित थापा समूहले 9 सेप्टेम्बरमा नयाँ राजनीतिक पार्टीको घोषणा गर्ने

खरसाङ : अनित थापा समूहले आगामी 9 सेप्टेम्बरको दिन नयाँ राजनैतिक समीकरण मञ्चको घोषणा गर्ने भएको छ। आज जीटीएका पूर्व अध्यक्ष एवम् गोजमुमो दुई कार्यकारी अध्यक्ष अनित थापाले एउटा भीडियो मार्फत सन्देश जारी गरेर आगामी 9 सेप्टेम्बरको दिन दार्जिलिङबाट नयाँ राजनैतिक समीकरण मञ्च अर्थात् नयाँ पार्टीको घोषणा गर्ने जानकारी दिएका छन्। तिनले गत केही दिनअघि पार्टीको केन्द्रिय समितिको सभामा बसेको निर्णयले नयाँ राजनीति समीकरण मञ्चको गठन गर्ने निर्णय लिए तापनि समय र तारिख भने तोकिएको थिएन भन्दै आज सोही कुराको जानकारी गराउन एउटा भीडियो जारी गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *