अनित थापासित शैक्षिक अन्तरक्रिया कार्यक्रम

बिजनबारी: गोजमुमो महासचिव तथा जीटीए अध्यक्ष अनित थापाको बिशेष उपस्थितिमा आज बिजनबारीको रेलिङ कैजले समष्टिमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। यहाँको नट्रोडेम एकाडेमी स्कूलमा आयोजित कार्यक्रममा समष्टिका विभिन्न शिक्षा संस्थानहरूसित सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा शैक्षिक क्षेत्रमा योगदान पुऱ्याइरहेका स्थानीय केही व्यक्तिहरुलाई सम्मान जनाइयो। उक्त कार्यक्रममा गोजमुमो महासचिव अनित थापा वाहेक उपाध्यक्ष सतिश पोख्रेल, प्रवक्ता  केशवराज पोख्रेल पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *