अनियन्त्रित भएर सडक किनारको दोकानमा ठोक्कियो ट्रक

सिलगढी : सिलगढी ईस्टर्न बाइपास ठाकुरनगर रेलगेट संलग्न इलाकामा एउटा ट्रक अनियन्त्रित भएर सडकको छेउमा रहेको दोकानमा ठोक्कियो। घटनापछि इलाकामा उत्तेजनाको माहौल देखापर्यो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो एउटा ट्रक आसिघरबाट गोडामोडतर्फ गइरहेको समय अचानक अनियन्त्रित भएर सडक किनारमा रहेको एउटा दोकानमा गएर ठोक्किँदा दोकानमा रहेका मानिसहरू भाग्यले बाँचे। घटनामा वाहन चालक सामान्य घाइते भएका छन्। घटनापछि चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर उक्त ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *