अनियन्त्रित अटो घरभित्र पस्दा भाग्यले बाँचिन् वृद्धा

सिलगढी :  यात्री बोकेको एउटा अटो अनियन्त्रित भएर एउटा घरभित्र पस्दा एउटी वृद्धा भाग्यले बाँचिन्। उक्त घटना गत अबेर राति एनजेपी स्टेशन संलग्न इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति एउटा सिटी अटो सिलगढीबाट एनजेपी स्टेशनतर्फ गइरहेको समय अनियन्त्रित भएर सड़क किनारमा रहेको एउटा घरभित्र पस्यो। स्थानीय मानिसहरूको आरोप अनुसार अटो चालक मातेको अवस्थामा रहेकोले गर्दा नै उक्त दुर्घटना भएको हो। घटनापछि स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। एनजेपी थाना पुलिस आज बिहान घटनास्थलमा पुगेर उक्त सिटी अटो उद्धार गरेर थानामा लैजानको साथै चालकलाई पनि पक्राउ गरेको छ। पीड़ित परिवारले उक्त चालकलाई उचित सजाय दिइने साथै क्षतिपूर्तिको माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *