अनियन्त्रित भएर अदुवा तथा काठ बोकेको पिकअप भ्यान दुर्घटनाग्रस्त

बाघडुग्रा : बाघडुग्रा हाँसखोवाको टुनामोड इलाकामा अदुवा तथा काठ बोकेको एउटा पिकअप भ्यान अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार एउटा पिकअप भ्यान सिलगढीबाट घोषपुकुरतर्फ गइरहेको समय वर्षाले गर्दा पिकअप भ्यान अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको बताइएको छ। घटनाको खबर पाएर वनविभागका कर्मीहरू घटनास्थलमा पुगेर अदुवाको बोरा लगायत काठ उद्धार गरेको छ। काठ तस्करी गर्ने उद्देश्यले अदुवा बोकेको पिकअप भ्यानमा काठ बोकेर लगिरहेको समय अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा तस्करहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। बाघडुग्रा पुलिस र बाघडुग्रा वन विभागले उक्त पिकअप भ्यान आफ्नो नियन्त्रण लिनको साथै मोठ 80 सीएफटी काठ उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको वनविभाग र पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *