अनियन्त्रित भएर बिजुलीको खम्बासँग ठोक्कियो पिकअप भ्यान

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत पर्ने चम्पासारी मोड़मा एउटा पिकअप भ्यान अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किँयो। वाहन बिजुलीको खम्बासँगा ठोक्किँदा उक्त खम्बा क्षतिग्रस्त हुँदा इलाकामा बिजुली परिसेवा बाधित भएको बताइएको छ। तथापि, उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको थाहा लागेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान लगभग 5 बजी उक्त पिकअप भ्यान तीव्र गतिमा दार्जिलिङ मोड़बाट आइरहेको समय अचानक चम्पासारी मोड़मा पिकअप भ्यान अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किएको बताइएको छ। घटनाको जानकारी पाएर प्रधाननगर थाना पुलिस घटनस्थलमा पुगेर उक्त पिकअप भ्यानलाई आफ्नो नियन्त्रणमा लिए तापनि वाहन चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *