अनियन्त्रित भएर ग्यारेज अघि पल्टियो मालवाहक लरी

फुलबारी : मालवाहक एउटा लरी अनियन्त्रित भएर सडक किनारमा रहेको एउटा ग्यारेज अघि पल्टिँदा केही वाहनहरू क्षतिग्रस्त बनेको छ। उक्त घटना आज बिहान सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न आमायदिघी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार सिलगढीबाट एउटा लरीमा प्लाईबोर्ड बोकेर अगरतलातर्फ गइरहेको समय फुलबारीको आमायदिघी इलाकामा लरी अनियन्त्रित भएर सडक किनारमा रहेको ग्यारेज अघि पल्टिँदा लगभग 2 वटा वाहन क्षतिग्रस्त बनेको बताइएको छ। तथापि, उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको थाहा लागेको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *