अनियन्त्रित भएर लरी जलाशयमा पल्टिँदा चालक घाइते

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको करातोआ इलाकामा मालवाहक लरी अनियन्त्रित भएर सड़क किनारमा रहेको जलाशयमा पल्टिँदा चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार एउटा लरी सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय करातोआ इलाकामा एउटा गाईलाई बचाउने क्रममा उक्त लरी अनियन्त्रित भएर डिभाइडर भत्काएर जलाशयमा पल्टिँदा चालक घाइते भएको बताइएको छ। स्थानीय मानिसहरू तथा पुलिसको सहयोगमा चालकलाई उद्धार गरेर नजिकैको अस्पतालमा पठाएको छ। राजगञ्ज पुलिसले लरी उद्धार गरेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *