अनियन्त्रित भएर पल्टियो गहुँ बोकेको लरी

फुलबारी : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जियागञ्ज इलाकामा गहुँ बोकेको एउटा लरी अनियन्त्रित भएर पल्टियो। प्राप्त जानकारी अनुसार आज बिहान सिलगढीबाट एउटा लरीमा गहुँ बोकेर जलपाईगढीतर्फ गइरहेको समय फुलबारी जियागञ्ज इलाकामा लरी अनियन्त्रित भएर सडक बीचमै पल्टियो। सडक बीचमै लरी पल्टिँदा केही समयको लागि वाहनहरू चलाचल ठप्प बनेको थियो। तथापि, घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याए तापनि लरी चालकलाई सामान्य चोट लागेको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस र फुलबारी हाईवेका ट्राफिक पुलिस घटनास्थलमा पुगेर लरी उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *