अनियन्त्रित भएर पल्टियो बोल्डर बोकेको डम्पर

सिलगढी: बाघडुग्राको गोसाईपुर एशियन हाईवे 2-मा आज बोल्डर बोकेको एउटा डम्पर अनियन्त्रित भएर पल्टिदा लगभग एक घण्टाको लागि यातायात ठप्प बन्यो। घटनाको खबर पाएर बाघडुग्रा थाना एवम् बाघडुग्रा ट्राफिक गार्ड घटनास्थलमा पुगेर रिकभरी भ्यानको सहयोगमा उक्त डम्परलाई उद्धार गरेर नियन्त्रणमा लिएर थानामा लगेको बताइएको छ।


यस विषयमा डम्पर चालक राजीवले बताएअनुसार बालासनको ताराबारी नदीबाट डम्परमा बोल्डर लोड गरेर खोरीबारीको चक्करमारीतर्फ गइरहेको समय बाघडुग्रा गोसाईपुर एशियन हाईवे 2-मा पुगेपछि डम्परको पहिलो चक्का फाट्दा डम्पर अनियन्त्रित भएर सड़कमा लगाइएको डिभाइडरसित ठोक्केर पल्टियो। तथापि, उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। बाघडुग्रा थाना पुलिसले डम्पर चालकलाई हिरासतमा लिएर घटनाको छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.