अनियन्त्रित भएर पल्टियो गहुँ बोकेको ट्रक

राजगञ्ज : साहुडाङ्गी-गन्डारमोड राजमार्गको गन्डारमोड संलग्न इलाकामा एउटा गहुँ बोकेको ट्रक अनियन्त्रित भएर सडक किनारमा पल्टियो। तथापि, उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको थाहा लागेको छ। प्राप्त जानकारीअनुसार बिहारबाट गहुँ बोकेको एउटा ट्रक गन्डारमोड संलग्न एउटा कारखानातर्फ गइरहेको समय अनियन्त्रित भएर सडक किनारमा पल्टिदा कुनै प्रकारले ट्रक चालक र खलासी सकुशल वाहनबाट बाहिर निस्केको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *