अनियन्त्रित भएर पल्टियो माछा बोकेको ट्रक, माछा टिप्न आउने मानिसहरूको भीड

सिलगढी : माछा बोकेको एउटा ट्रक अनियन्त्रित भएर पल्टिँदा माछा टिप्न आउने मानिसहरूको भीड देखियो। प्राप्त जानकारी अनुसार माछा बोकेको एउटा ट्रक आन्ध्रप्रदेसबाट सिलगढीतर्फ आइरहेको समय घोषपुकुरको टोल ट्याक्स संलग्न फ्लाईओभरमा ट्रक अनियन्त्रित भएर पल्टिँदा चालक सहित अन्य एकजना घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। घटनापछि सडकमा माछा टिप्न आउने मानिसहरूको ओइरो लागेको देखियो। घटनाको खबर पाएर घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त ट्रक उद्धार गरेर थानामा लगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *