अनियन्त्रित भएर पल्टियो रासनको खाद्य सामग्री बोकेको वाहन

सिलगढी : एनजेपी थाना अन्तर्गत पर्ने पुटीमारी इलाकामा रासनको खाद्य सामग्री बोकेको एउटा वाहन अनियन्त्रित भएर पोखरीमा पल्टियो। प्राप्त जानकारीअनुसार आज रासनको सामग्री बोकेको एउटा वाहन रासन दिन गइरहेको समय पुटीमारी इलाकामा अनियन्त्रित भएर पोखरीमा पल्टिएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा उक्त वाहनलाई उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *