अनियन्त्रित भएर पल्टियो समान बोकेको लरी

राजगञ्ज : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गमा जलपाईगढी संलग्न दशदरगा इलाकामा एउटा समान बोकेको लरी अनियन्त्रित भएर पल्टिँदा चालक सामान्य घाइते भएका छन्। प्राप्त जानकारी अनुसार उत्तराञ्चलबाट एउटा 18 चक्के समान बोकेको लरी गुवाहाटीतर्फ गइरहेको समय गत अबेर राति अनियन्त्रित भएर जलपाईगढी संलग्न दशदरगा लाल स्कुल इलाकामा पल्टियो। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर लरी उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *