अनियन्त्रित भएर सडकमा पल्टिँयो आलु बोकेको पिकअप भ्यान

राजगञ्ज : आलु बोकेको पिकअप भ्यान अनियन्त्रित भएर सडकमा पल्टिँयो। उक्त घटना आज राजगञ्जको बन्दुनगर संलग्न बाखोयाबारी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार एउटा पिकअप भ्यानमा जलपाईगढीबाट आलु बोकेर सिलगढीतर्फ गइरहेको समय बन्धुनगर संलग्न बाखोयाबारी इलाकामा अचानक टायर ब्लास्ट भएपछि अनियन्त्रित भएर पिकअफ भ्यान सडकमा पल्टिँदा चालकलाई सामान्य चोट लागेको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइते चालकलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगियो। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त पिकअप भ्यान उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *