अनियन्त्रित भएर सड़क किनारको जलाशयमा कन्टेनर पल्टिँदा चालक घाइते

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जोटियाकाली मोड़ इलाकामा आज एउटा कन्टेनर अनियन्त्रित भएर सड़क किनारको  जलाशयमा पल्टिँदा चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज एउटा कन्टेनर सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय वाहन अघि अचानक कुकुर आउँदा यसलाई बचाउने क्रममा कन्टेनर अनियन्त्रित भएर सड़क किनारमा पल्टिँदा चालक घाइते भएको बताइएको छ। घाइते चालकलाई उद्धार गरेर नजिकैको अस्पतालमा लगियो। घटनाको खबर पाएर फुलबारी ट्राफिक गार्ड तथा न्यू जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर कन्टेनर उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *