अनियन्त्रित भएर सडक किनारमा पल्टियो चियापत्ती बोकेको ट्रक

राजगञ्ज : चियापत्ती बोकेको एउटा ट्रक अनियन्त्रित भएर सडक किनारमा पल्टियो। उक्त घटना आज बिहान सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको बन्दुनगर संलग्न सीतागढी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान गुवाहाटीबाट चियापत्ती बोकेको एउटा ट्रक कानपुरतर्फ गइरहेको समय बन्धुनगर संलग्न सीतागढी इलाकामा अनियन्त्रित भएर सडक किनारमा पल्टियो। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलम पुगेर उक्त ट्रकलाई उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *