अनियन्त्रित वाहन दोकानभित्र पस्दा एकजना घाइते

सिलगढी : सिलगढी नगरनिगमअघि एउटा पिकअप भ्यान अनियन्त्रित भएर दोकानभित्र पस्दा एकजना व्यक्ति घाइते भएका छन्। घाइते व्यक्तिलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाइएको छ। प्रत्यक्षदर्शीहरूको भनाइअनुसार चालकले मदपान गरेको अवस्था वाहन चलाइरहेकोले गर्दा पहिला एउटा स्कुटीलाई धक्का दिएपछि उक्त वाहन अनियन्त्रित भएर दोकानभित्र पसेको बताइएको छ। यसपछि चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त पिकअप भ्यानलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *