अनियन्त्रित वाहन झऱ्यो टिस्टाको सिँचाईमा

राजगञ्ज : एउटा यात्री सवार वाहन अनियन्त्रित भएर टिस्टाको सिँचाई नालीमा खस्यो। उक्त दुर्घटनामा तथापि कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। उक्त घटना आज बिहान आमबारी पुलिस आउटपोस्ट अन्तर्गत पर्ने नावापाडा इलाकामा घटेको हो। उक्त वाहनमा सवार जयन्त बर्मनले बताएअनुसार आफ्नो भाई विश्वजीत सिंहलाई साथमा लिएर च्याङ्ग्राबन्दास्थित ससुराली गइरहेको समय उक्त इलाकामा वाहन अनियन्त्रित भएर सिँचाई नालीमा खसेको बताए। उक्त दुर्घटनामा कसैलाई पनि चोट-पटक नलागेको बताइएको छ। आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर क्रेनको सहायतामा उक्त वाहन टिस्टाको सिँचाईबाट निकालिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *