अञ्जुमन खिदमत ए खल्क-को पहलमा आलोचना शिविरको आयोजना

सिलगढी : अञ्जुमन खिदमत ए खल्क-को पहलमा आज खालपाडाको सामसिया हाई मदरसामा एउटा सचेतनामूलक आलोचना शिविरको आयोजना गरियो। यस अवसरमा सिलगढी महकुमाशासक सुमन्त सहाय, एसीपी ईस्ट चिन्मय मुखर्जी, सिलगढी थानाका आईसी सुदीप चक्रवर्तीलगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। हाल सिलगढी लगायत यसको पार्श्ववर्ती इलाकामा कोरोना भाइरसको संक्रमण संख्या नियन्त्रण भए तापनि मानिसहरूमा कोरोनालाई लिएर आतङ्कको माहौल छाएको छ। अर्कोतिर, अल्पसङ्ख्यक सम्प्रदायको मृतक व्यक्तिलाई दफन गर्ने विषयलाई लिएर समस्या भइरहेको छ। यसैले सिलगढी अञ्जुमन खिदमत ए खल्क-ले उक्त समस्याको समाधान गर्ने पहल गरेको छ। सिलगढी र यसको संलग्न इलाकाका मानिसहरूलाई लिएर आज एउटा आलोचना शिविरको आयोजना गरियो। उक्त शिविरमा महकुमाशासक लगायत अन्य अधिकारीहरूले मानिसहरूलाई कोरोना महामारीलाई लिएर आतङ्कित नहुने बरू यसबारे सर्तकता अप्नाउने सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *