अञ्जुमन खिदमत-ए-खल्कको तर्फबाट पीडब्ल्युडी एग्जिक्युटिभ इञ्जिनियरलाई ज्ञापन

सिलगढी : अञ्जुमन खिदमत-ए-खल्क-को तर्फबाट पीडब्ल्युडी एग्जिक्युटिभ इञ्जिनियर पी हालदारसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। यसपछि  पत्रकारहरूसित कुराकानी गर्दै अञ्जुमन खिदमत-ए-खल्कका सदस्यहरूले करबला मुस्लिम समुदायको एउटा धार्मिक स्थल हो। जहाँ मुस्लिम समुदायको ईदको नमाज, बकरीद ईदको नमाज लगायत सवई बारात हुने गर्दछ भने यस अवधि बिहानदेखि रातिसम्म मानिसहरू करबलामा आउने-जाने गर्दछन्। यसको साथै मुस्लिम समाजमा कसैको मृत्यु भएको खण्डमा शवलाई ट्रक तथा वाहनमा बोकेर करबलासम्म लैजान धेरै असुविधा हुने गर्दछ। करबला नजिक फ्लाईओबरको निर्माण भइरहेको छ भने यसको निर्माणले करबलाको प्रवेश द्वार बन्द हुँदै गइरहेकोले धेरै समस्या भइरहेको छ। यसैले यी सबै मुद्दालाई लिएर पीडब्ल्युडी एग्जीक्यूटिभ इञ्जिनियर पी हालदारसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *