अञ्जु तामाङ वुमन प्लेयर अफ् द इयर 2022 पुरस्कारले सम्मानित

सिलगढी: भारतीय महिला फुटबल टोलीका जण्डा खेलाडी डुवर्सकी अञ्जु तामाङले फुटबल खेल मैदानमा हाल आफ्नो कुशल खेलको प्रदर्शन सहित फुर्तिलो कलाले सबैलाई आकर्षित पारिरहेकी छन्। यसको साथै तिनी दिनहुँजसो खेलमा नयाँ-नयाँ उपलब्धिहरू हासिल गर्न सफल भइरहेकी छन्। राष्टिय महिला टोलीको जर्सी लगाएर मैदान थर्काइरहेकी गोर्खा महिला फुटबल खेलाडी अञ्जु तामाङले अझ एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेकी छन्। फुटबल प्लेयर्स एसोसिएसन अफ् इण्डिया (एफपीएआई)-ले कलकत्तामा आयोजित पुरस्कार समारोहमा अञ्जु तामाङलाई वूमन प्लेयर अव् द इयर 2022 पुरस्कारले सम्मानित गरेको छ। भारतीय गोर्खाहरूको गौरव अञ्जुको यस असाधारण उपलब्धिमा तिनलाई विभिन्न खेलाड़ीहरू लगायत अन्य मानिसहरूले बधाई दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *