अंशकालिक शिक्षकहरूद्वारा डीआई-लाई ज्ञापन

सिलगढी : पार्ट टाइम टिचर्स एसोसिएशनले डीआईसित भेटेर 6 सूत्रीय मागलाई लिएर एउटा ज्ञापन पत्र चढायो। उक्त एसोसिएशनका प्रतिनिधिहरूले आफूहरूको नोकरी स्थायीकरण गरिनुपर्ने लगायत अन्य मागलाई लिएर ज्ञापन पत्र चढाएको बताए। टिचर्स एसोसिएशनको आरोप अनुसार धेरै दिन अघिदेखि आफूहरू अंशकालिक शिक्षक-शिक्षिकाको रूपमा विभिन्न स्कुलमा काम गर्दै आइरहेको साथै कोरोना महामारीको समयमा समेत स्कुलको सबै कार्यहरू गरिरहेको भए तापनि कुनै सरकारी सहयोग नपाएका तिनीहरूले गुनासो पोखे। सीमित वेतन पाउने गरेकोले गर्दा त्यसबाट घर परिवार चलाउन सम्भव नरहेको तिनीहरूले बताए। यसबाहेक तिनीहरूको शिक्षण पेशामा कुनै स्थायित्व नरहेको बताउँदै कुनै पनि समय कामबाट निकाल्न सक्ने भएकोले आफूहरूको स्थायीकरण गरिनुपर्ने सम्बन्धित विभाग समक्ष माग लिएर आज डीआईलाई भेटर ज्ञापन चढाए बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *