अनशन स्थलबाट नै घुम जोरबङ्लो कलेजका प्राध्यापकहरूद्वारा पढाउन शुरू, विद्यार्थीहरूद्वारा कक्षा वहिष्कार

घुम : अनशन स्थलबाटै घुम जोरबङ्लो कलेजका विद्यार्थीहरूलाई त्यहाँका सह-प्राध्यापकहरूले पढाउन थालेका छन्। तिनीहरूले शिक्षालाई तिरस्कार गरेर होइन, शिक्षासँगै आन्दोलन पनि अघि बढ्नेछ भनी बताएका छन्। त्यसरी नै कोठाभित्र कक्षा चल्ने छैन बरू यसरी अव्यवस्थित रूपमा हामीलाई राख्ने कार्य भए बजारबीचतिर कक्षा सम्पन्न हुनेछ भनी तिनीहरूले बताएका छन्।


अर्कोतिर, घुम जोरबङ्गलो कलेजका विद्यार्थीहरूले कक्षाको विरोध जनाएका छन्। केही क्षण कक्षा महाविद्यालयको प्राङ्गणमा नै शुरु भएपछि विद्यार्थीहरूले कक्षाको विरोध जनाए। तिनीहरू पढ्न चाहेको तर अध्ययनको लागि सही व्यवस्थापन नभएको विद्यार्थीहरूले जनाउँदै कक्षालाई वहिष्कार गरे। सही व्यवस्थापन नभएसम्म कक्षा नगर्ने विद्यार्थीहरूको माग रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *