अनशनमा बसेका अभागोली नेता एसपी शर्मा अस्वस्थ

दार्जिलिङ : गोर्खालीग भारती गुटका महासचिव एसपी शर्मा दार्जिलिङमा आमरण अनशनमा बसेको आज तेस्रो दिन पनि जारी छ। तथापि, तिनको स्वास्थ्य आज तेस्रो दिन निकै सिकिस्त भएको जानकारी प्राप्त भएको छ। विशेष गरेर तिनको शारीरिक अवस्था आज अचानक सिकिस्त बन्न पुगेको पार्टी सूत्रले जनाकारी गराएको छ। तिनको शरीरको अक्सिजनको मात्रा प्रायः ठिकै रहे तापनि हार्ट बिटमा समस्या देखापरेको बताइएको छ। तथापि, आजसम्म पनि प्रशासनिक तथा सांसद र विधायकहरूबाट कुनै प्रकारको पदक्षेप नलिएको पार्टी उपाध्यक्ष विक्रामादि राईले जानकारी दिएका छन्। अनशनमा बसेका एसपी शर्मालाई यदि केही भए दार्जिलिङका सांसद राजु विष्ट अनि विधायक निरज जिम्बा यसको जिम्मेवार हुने विक्रामादि राईले बताएका छन्। अर्कोतिर, एसपी शर्माको स्वास्थ्यमा ह्रास आएपछि भारतीय गोर्खा परिसंघका पदाधिकारीहरू पनि दार्जिलिङको अनशन स्थलमा तिनलाई भेट्न पुगेका थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *