अनन्तः निर्भया काण्डका दोषीहरूलाई भोलि फाँसी दिइने

नयाँ दिल्ली : दिल्लीमा गत 2012-मा एउटी युवतीलाई सामूहिक दुष्कर्म गरेपछि हत्या गर्ने चारजना आरोपीलाई अनन्तः भोलि शुक्रबार बिहान फाँसी दिइने भएको छ। उक्त निर्भया काण्डका दोषीहरू क्रमैले 31 वर्षीय अक्षय ठाकुर, 25 वर्षीय पवन गुप्ता, 26 वर्षीय विनय शर्मा र 32 वर्षीय मुकेश सिंहको याचिकालाई दिल्लीको पटियाला हाउस कोर्टले अस्वीकार गरिदिएको छ। ती आरोपीहरूले हालसम्म आफूहरूको कानूनी कार्वाही बाँकी रहेको दावी गर्दै फाँसीको सजायमा रोक लगाउने अनुरोध गरेका थिए। स्मरण रहोस्, 23 वर्षीय एउटी युवतीसित 16 दिसम्बर 2012-मा सामूहिक दुष्कर्म गर्नको साथै तिनलाई अति अमानवीय दुर्व्यवहार गरेर सडकमा फ्याँकिदिएका थिए। यसपछि उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको थियो। उक्त घटनालाई लिएर देशभरिमै विभिन्न विरोधाभासहरू देखा पर्नको साथै आरोपीहरूलाई कठोरभन्दा कठोर सजाय दिनुपर्ने माग विभिन्न तहबाट भइरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *