अन्तर प्राथमिक पाठशाला नेपाली बाल कविता आवृत्ति प्रतियोगिता सम्पन्न

खरसाङ : विश्व कवि रविन्द्रनाथ ठाकुरको 162 औँ जन्म जयन्तीको अवसर पारेर आज खरसाङको गाड़ीधुरा नवदीप परिवारको आयोजनामा अन्तर प्राथमिक पाठशाला नेपाली बाल कविता आवृत्ति प्रतियोगिता सम्पन्न भयो। उक्त अन्तर प्राथमिक पाठशाला नेपाली बाल कविता आवृत्ति प्रतियोगितामा 8 वटा निजी पाठशाला र एउटा सरकारी प्राथमिक पाठशाला गरेर मोठ 9 वटा प्राथमिक पाठशालाका 18 जना नानीहरूले नेपाली बाल कविताहरू आवृत्ति गरे। उक्त प्रतियोगितामा निर्णायकका रुपमा वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंली, शिक्षिका गोमा सुब्बा, साहित्यकार एवम् पत्रकार सुवास छेत्री भावुक उपस्थित रहेका थिए। उक्त कार्यक्रममा नवदीप परिवारको सचिव रोशन विश्वकर्मले स्वागत सम्भाषण राखे भने गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा वरिष्ठ साहित्यकार नरबहादुर दाहाल उपस्थित थिए।


उक्त अन्तर प्राथमिक पाठशाला नेपाली बाल कविता आवृत्ति प्रतियोगितामा प्रथम अक्स इंग्लिस स्कूल गाड़ीधुराकी संजिता रोयदोस्रो यसै स्कूलकी विद्यार्थी अन्वेषा प्रधान र तेस्रो नालान्दा निकेतन अम्बटेकी विद्यार्थी दिपासना शङ्कर भइन्। कार्यक्रममा बाल साहित्य अकादमी पुरस्कार प्रापक सुदर्शन अम्बटेकृत हाँस्य ब्याङ्ग्य सङ्ग्रह दाम आफै जोड्नु होसपनि लोकार्पण गरियो। लेखक सुदर्शन अम्बटे, वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, राजबहादुर राई, सुकराज दियाली, अमीर ठटाल, कल्पना प्रधान, आशा मुखिया लामा लगायत नवदीप परिवार गाड़ीधुराका पदाधिकारीहरूको बाहुलीबाट उक्त पुस्तकको लोकार्पण गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार नरबहादुर दाहालले बाल कविता लेख्दा नानीहरूले बुझ्न सक्ने र नानीहरूलाई प्रभाव पार्न सक्ने किसिमको लेख्न पर्ने बताए। तिनले आज गाड़ीधुराको नवदीप परिवारले यस प्रकारको विद्यार्थीमुखी कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे। कार्यक्रममा विशिष्ट अतिथिहरू राजबहादुर राई, आशा मुखिया लामाले पनि वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *