अन्तर्राज्यीय बाइक चोर गुटका 3 सदस्य पक्राउ

खोरीबारी : खोरीबारी थाना पुलिसको स्पेशल टीमले अन्तर्राज्यीय बाइक चोर गुटको 3 सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा 2 जना बिहार निवासी र अन्य 1 जना बंगाल निवासी हुन्। हिजो साँझ दार्जिलिङ जिल्ला ग्रामीण डीएसपी अचिन्त्य गुप्तले पत्रकार सम्मलेनको आयोजना गरेर पुलिसको स्पेशल टीमले अभियान चलाएर अन्तर्राज्यीय बाइक चोर गुटका 3 जना सदस्य क्रमैले 26 वर्षीय सञ्जय सिंह, 30 वर्षीय शैलेन्द्र प्रसाद सिंह र 30 वर्षीय बन्धन रायलाई पक्राउ गरेको बताए। उक्त 3 जना आरोपीलाई कोर्टमा पेश गरेपछि 7 दिनको रिमान्ड लिएको छ। पुलिसले तिनीहरूबाट चोरी गरेको 23 वटा बाइक पनि उद्धार गरेको छ भने आरोपीहरूले चोरी गरेको बाइक बाङ्ग्लादेश तथा बिहारमा पठाउने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *