अन्तर्राष्ट्रीय भालु दिवसको अवसरमा सिलगढीको बंगाल सफारी पार्कमा कार्यक्रम सम्पन्न

सिलगढी: अन्तर्राष्ट्रीय भालु दिवसको अवसरमा आज बंगाल सफारी पार्कमा एउटा कार्यक्रम आयोजना गरियो। यस अवधि सिलगढीको एउटा गैर सरकारी स्कूलले पार्कबाट एउटा भालुलाई गोद लिए। विद्यालयका शिक्षिकाले बताए अनुसार गत 18 वर्षदेखि तिनले स्कूल सञ्चालन गरिरहेकी छन्। स्कूलमा पढ्ने सबै नानीहरूलाई सधै वाइल्डलाइफ तथा नेचरसित जोड्ने प्रयास गर्नको साथै आफ्नो स्कूलका नानीहरूलाई प्राकृतिक सौन्दर्यबारे पनि जागरूक गर्ने गरेको तिनले बताइन्। यसैले आज अन्तर्राष्ट्रीय भालु दिवसको अवसरमा बंगाल सफारी पार्क घुमाउन ल्याएको साथै नानीहरूले यहाँ भालु दिवस पालन गरेको बताइन्। पार्क प्रबन्धनको तर्फबाट स्कूलका नानीहरूलाई भालुमाथि बनिएको एउटा फिल्म देखाउनको साथै भालुको विषयमा नानीहरूलाई जानकारी पनि गराए। अर्कोतिर बंगाल सफारी पार्कका डाइरेक्टर डीएस शेर्पाले भने, स्कुलका नानीहरूलाई आज नि:शुल्क सफारी गराइयो। स्कूलको तर्फबाट पार्कको एउटा भालुलाई पनि गोद लिएको छ। गोद लिएपछि स्कुललाई प्रमाण पत्र अनिआई कार्ड पनि प्रदान गरिएको तिनले जानकारी दिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *