अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको मागमा 24 जनवरी सिलगढीमा पदयात्रा निकालिइने

सिलगढी : अन्तर्राष्ट्रिय स्तरीय क्रिकेट स्टेडियमको मागमा सिलगढी इन्टरनेशनल स्टेडियम लभर्स कमिटीले आवाज उठाएको छ। उक्त कमिटीले आउँदो 24 जनवरीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको मागमा पदयात्राको आयोजना गर्ने भएको छ। उक्त पदयात्रा सिलगढीको महात्मा गाँधी मोड़बाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेर अन्तमा एसएफ रोडमा पुगेर समापन गर्ने भएको छ। उक्त पदयात्रामा सहरका सबै मानिसहरूले सामेल भइदिने संगठनका सदस्यहरूले अपील गरेका छन्। अन्तर्राष्ट्रिय स्टेडियमको निर्माण गरिनुपर्ने विषयमा सम्बन्धित विभिन्न व्यक्तिहरूसित सम्पर्क गरे तापनि कुनै फाइदा नभएपछि कमिटीको तर्फबाट पदयात्रा निकालिइने कमिटीका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *