अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपमा सिलगढीका खेलाडीहरूले जिते स्वर्ण, रजत र काँस्य पदक

सिलगढी : सिलगढीका खेलाडीहरूले स्वर्ण, रजत र काँस्य पदक सहित मोठ 10 वटा पदक जितेर दार्जिलिङ जिल्ला तथा सिलगढीको नाम उच्च पारेको छ।  कोलकाताको नेताजी इन्डोर स्टेडियममा गत  29 र 30 जुलाईमा  7औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीप आयोजना गरिएको थियो। उक्त च्याम्पियनशीपमा सिलगढीका मोठ 11 जना खेलाडीले अंश ग्रहण गरेर 2 वटा स्वर्ण, 2 वटा रजत र 6 वटा काँस्य पदक हत्याएको छ। जसमा सोमनाथ करले रजत, मिग्मा शेर्पाले काँस्य, जेनेसिस रायले रजत, रूही यादवले स्वर्ण, नितिन यादवले काँस्य, अङ्कति सन्यासीले काँस्य, सुभाञ्जलि बागदासले रजत, सुजल विश्वकर्माले स्वर्ण, धीरज थामीले काँस्य अनि आकाङ्क्षा सेनले काँस्य पदक जितेको छ। इचिबान स्पोर्ट्स अकादमीका सदस्यहरूले आज सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *