अन्तर्राष्ट्रिय करातेमा अंश ग्रहण गर्न आर्थिक सहयोगको अपील

सिलगढी : इन्टरनेशनल कराते च्याम्पियनशीपमा सिलगढीका पोलुश मुण्डा भाग लिन चाहन्छन् तर तिनको आर्थिक अवस्था कमजोर रहेको कारण तिनले उक्त च्याम्पियनशीपमा अंश ग्रहण गर्न सकिरहेका छैनन्। आज सिलगढीको जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पोलुश मुण्डाले आगामी 29 जनवरीदेखि थाइल्याण्डमा इन्टरन्याशनल कराते च्याम्पियनशीप रहेको बताउँदै उक्त प्रतियोगितामा अंश ग्रहण गर्नको लागि लगभग डेढ लाख रुपियाँको खर्च हुने बताए। इञ्जिनियरिङ कलेजका छात्र पोलुशले विभिन्न स्कुलहरूमा कराते सिकाएर रुपियाँ सङ्ग्रह गरे तापनि यसले थाइल्याण्डमा इन्टरन्याशनल कराते प्रतियोगितामा अंश ग्रहण गर्न नसक्ने भएकोले गर्दा नै तिनले पत्रकार सम्मेलनको आयोजना गरेर विभिन्न संस्थाहरूलाई आर्थिक सहयोग गर्ने अपील गरेको बताए। राज्यका पर्यटन मन्त्री गौतम देवसँग पनि भेट गरेर आफ्नो आर्थिक समस्याबारे कुराकानी गर्ने तिनले बताए। उक्त प्रतियोगितामा मोठ 54 भन्दा अधिक देशहरूले अंश ग्रहण गर्ने साथै पश्चिम बंगालबाट पोलुशले अंश ग्रहण गर्ने बताइएको छ। यसभन्दा अघि पनि पोलुशले राष्ट्रिय स्तरमा 4 वटा स्वर्ण पदक जितिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *