अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिलगढीमा निकालिइयो र्‍याली

सिलगढी : नारी अधिकारको माग लगायत दैनिक प्रयोजनीय समानहरूको मूल्य वृद्धिको प्रतिवादमा आज केही महिला मोर्चा संगठनहरू सडकमा ओर्लिएको छ।  सिलगढीको सीपीआईएम दलीय कार्यालय अघिबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। गणतान्त्रिक महिला समितिका जिल्ला सभानेत्री स्निग्धा हाजराले राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी स्वयम् महिला भए तापनि बंगालमा महिलाहरू सबैभन्दा धेरै असुरक्षित रहेको बताइन्। आज र्‍यालीको माध्यमद्वारा नारी सुरक्षा लगायत दैनिक प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको प्रतिवाद जनाएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *