अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समाजसेवी भट्टाचार्यद्वारा असहाय वृद्धालाई सहयोग

राजगञ्ज : समाजसेवी मदन भट्टाचार्यले सिलगढी संलग्न फुलबारीको पश्चिम धनतला निवासी असहाय वृद्धा मिनती बर्मनको गत 11 वर्षदेखि भरणपोषण गर्दै आइरहेका छन्। प्रत्येक तीन महीनामा मदन भट्टाचार्यले उक्त वृद्धाको घरमा गएर खाद्य सामाग्री लगायत अन्य आवश्यक समानहरू दिने गर्छन्। यसै क्रममा आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पनि तिनले असहाय वृद्धा मिनती बर्मनलाई भेटेर तीन महिनाको लागि चामल, दाल लगायत अन्य खाद्य सामग्री प्रदान गरे। सन् 2011 देखि नै तिनले उक्त महिलाको भरण पोषणको दायित्व सम्हाल्दै आइरहेको साथै प्रत्येक 3-3 महिनाको अन्तरालमा खाद्य सामग्रीहरू प्रदान गर्दै आइरहेकोले आज पनि केही खाद्य सामग्रीहरू साथै लुगाफाटा तिनले प्रदान गरे। असहाय वृद्धा मिनती बर्मन जीवित रहुञ्जेलसम्म तिनको यसरी नै भरणपोषणको लागि सहयोग गर्ने मदन भट्टाचार्यले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *