अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सिलगढीमा रङ्गारङ शोभायात्राको आयोजना

सिलगढी : अन्तर्राष्ट्रिय मातृभाषा दिवस उद्यापन कमिटीको तर्फबाट आज रङ्गारङ शोभायात्राको माध्यमद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन गर्यो। सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघिबाट रङ्गारङ शोभायात्रा निकालेर यहाँको बाघाजतीन पार्कमा पुगेर समापन गरियो। यसपछि बाघाजतीन पार्कमा रहेको शहीद वेदीमा मन्त्री गौतम देव लगायत अन्यले माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव, अन्तर्राष्ट्रिय मातृभाषा दिवस उद्यापन कमिटीका सदस्यहरू लगायत विभिन्न कल्चरल डेभलपमेन्ट बोर्डका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *