अन्तर्राष्ट्रिय नारी दिवसमा क्यान्सर सचेतनता शिविर

सिलगढी : अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा फेडरेशन अफ् अबस्टेट्रिक्स एन्ड गाइनोकोलजिकल सोसाइटिज अफ् इन्डिया एवम् सिलगढी अबस्टेट्रिक्स एन्ड गाइनोकोलजिकल सोसाइटीको पहलमा राज्य पुलिस र परिवारका सदस्यहरूको लागि क्यान्सर सचेतनता शिविरको आयोजना गरेको बताइएको छ।  उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालको गाइनोकोलजी ओपीडीमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा गर्भाशय र ब्रेस्ट क्यान्सरबारे महिलाहरूलाई सचेतन गराइयो। उक्त शिविरमा नोडाल अफिसर तथा मेडिकल कलेजका डिन डा. सन्दीप सेनगुप्ता, प्याथोलजी विभागका प्रधान विद्युत गोस्वामी, सिलगढी पुलिस कमिश्नरेट एसीपी मौमिता कर्मकार, सिलगढी अबस्टेट्रिक्स एन्ड गाइनोकोलजिकल सोसाइटीका सचिव डा. उदयन सरकारलगायत अन्य उपस्थित थिए। आज मोठ 173 महिला पुलिस कर्मी र तिनीहरूका परिवारका सदस्यहरूको क्यान्सरको जाँच पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *