अन्तर्राष्ट्रिय राजवंशी क्षत्रिय मिलन दिवस एवम् कुलगुरू कुलशिष्य सम्मेलनको आयोजना

राजगञ्ज : राजगञ्जमा अन्तर्राष्ट्रिय राजवंशी क्षत्रिय मिलन दिवस एवम् कुल गुरू कुल शिष्य सम्मेलनको आयोजना गरियो। जलपाईगढी जिल्ला कमिटीको तर्फबाट आमबारी इलाकाको मेहेन्दीगछ अन्तर्गत पर्ने करतोया नदी किनारमा उक्त उत्सव पालन गरियो। हिजो पुजा-अर्चनापछि कार्यक्रमको आरम्भ गरियो भने आज मुख्य कार्यक्रमको आयोजना गरियो। यस सम्मेलनमा देशका विभिन्न भागबाहेक बङ्ग्लादेश र नेपालका मानिसहरू सामेल भएका थिए। कुल गुरू कुल शिष्य तथा भक्त समाज सेवा प्रतिष्ठानको जलपाईगढी जिल्ला कमिटीका अध्यक्ष करूणाकान्त अधिकारीले बताएअनुसार उक्त उत्सवको पहिलो चरणमा शिव पुजा, गङ्गा पुजा, सन्जारिणी पुजा तथा राधागोविन्द पुजा गरियो भने दोस्रो चरणमा संगठनको झण्डा उत्तोलन गरेर ठाकुर पन्चानन वर्माको तस्विरमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *