अन्तर्राष्ट्रिय योगा दिवसको उपलक्ष्यमा वृक्ष रोपण

बिजनबारी :  अन्तर्राष्ट्रिय योगा दिवसको उपलक्ष्यमा आज बिजनबारीको रेलिङ सेवा संघका सदस्यहरुले रेलिङ विहिबारेदेखि खोला घारीसम्म रूखका विरूवाहरू रोपिएको समितिका सचिवा दीपा तामाङले जानकारी गराएकी छन्। क्षेत्रका पर्यावरणलाई अझ शुद्ध र सौन्दर्यीकरण बनाउने उद्देश्यले आज एक सयवटा हेप्पी, एक सयवटा चाँप अनि एक सयवटा गुराँसका बिरूवाहरू रोपिएको तिनले थप जनाइन्। यस कार्यलाई रेलिङ संघर्ष स्वनिर्भर दलका सदस्यहरूले पनि सहयोग पुऱ्याएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *