सिलगढी: छुटेका गोर्खा समुदायहरूलाई जनजाति बनाउने विषयमा राजनैतिक मागलाई अघि बढाउने सन्दर्भमा आज गोर्खा जातिका अनुसूचित जातिका केही संगठनका प्रतिनिधिहरूसित आज सिलगढीमा खरसाङका विधायक बीपी बजगाईंले बैठक गरे। उक्त बैठकमा ‘अल इण्डिया गोर्खा कामी-दमाई-सार्की युनाइटेड फोरम’, दार्जिलिङबाट ‘दार्जिलिङ डिस्ट्रिक्ट इन्डिजिनियस सेड्युल कास्ट एसोसिएसन’ र खरसाङबाट ‘दार्जिलिङ जिल्ला सेड्युल कास्ट उत्थान समिति’-का शीर्ष प्रतिनिधिहरू उपस्थित थिए।